शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ब्राण्डनको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर २०, २०८१ बिहीबार
  • 486
    SHARES
  • ब्राण्डनको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ । 

    images

    बिहिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी दोस्रो खेलमा सुदूरपश्चिमले २० ओवरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो ।

    सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे । ओपनर विनोद भण्डारीले ३५ बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रनमा आउट भए । 

    images

     टस जितेर पहिले बलिङ गरेको काठमान्डौंका लागि राशिद खानले २ तथा कप्तान करण केसी, साहब आलम र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # काठमाडौं गुर्खाज
  • # सुदूरपश्चिम रोयल्स