शुक्रबार, आश्विन २३ गते २०८३
images

महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य हुने छैन् :गृहमन्त्री लेखक

एक्सप्रेस पाना
मंसिर २०, २०८१ बिहीबार
  • 313
    SHARES
  • महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य हुने छैन् :गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । 

    images

    बिहिबार सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका हुन ।

    उनले वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै आप्रवासी महिला कामदारलाई शोषण र दुव्र्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरु क्रियाशील रहेको बताए । 

    images

    गृहमन्त्री लेखकले भने,‘पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियामार्फत पनि महिला प्रताडित छन् । ‘लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढङ्गबाट गर्नुपर्छ ।’ 

     

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • # रमेश लेखक