काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।
बिहिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको हो । १६८ रनको लक्ष्य पछाएको काठमान्डौं गुर्खाज १५.५ ओभरमा ९४ रन बनाउँदै अलआउट भएको हो ।
सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो ।
काठमाडौंको लागि स्टीफन एस्किनाजीले ३७ रन बनाए भने सुमित महर्जनले १४ गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाए ।
सुदूरपश्चिमका लागि नरेन साउदले ४, अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए ।
यसअघि सुदूरपश्चिमले २० ओवरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे । ओपनर विनोद भण्डारीले ३५ बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रनमा आउट भए ।



