शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल: आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजको सामना गर्दै

एक्सप्रेस पाना
मंसिर २१, २०८१ शुक्रबार
  • 281
    SHARES
  • एनपीएल: आजको पहिलो खेलमा कर्णाली याक्सले  चितवन राइनोजको सामना गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछ । 

    images

    पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सको सामना गर्दै छ भने दोस्रो लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबिच हुदैँछ । पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

    चितवनले लगातार दुई खेल जितेर अपराजित छ भने कर्णाली याक्सले दुवै खेलमा हार व्यहोरेको छ । 

    images

    चितवनले आफ्नो पहिलो खेलमै काठमान्डु गुर्खाजलाई पराजित गर्दै शानदार सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि पनि जित निकालेको थियो । 

    पहिलो खेलमै जनकपुर बोल्ट्ससँग पराजित भएको कर्णाली त्यसपछि काठमान्डु गुर्खाजसँग पराजित भयो ।

    आज चितवन लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । कर्णाली चितवनको अपराजित यात्रा ब्रेक गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # चितवन राइनोज
  • # एनपीएल: