काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्दै छ ।
शुक्रबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
चितवनले लगातार दुई खेल जितेर अपराजित छ भने कर्णाली याक्सले दुवै खेलमा हार व्यहोरेको छ ।
आज कर्णाली चितवनको अपराजित यात्रा ब्रेक गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । चितवन लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ ।



