काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको हो ।
चितवनका लागि रवि बोपाराले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए ।
कप्तान कुशल मल्लले २३, बनाउँदा विपिन रावलले ११ रन जोडे । शरद भेषावकर ६ रनमा अविजित रहे ।
टस जितेर पहिले बलिङ रोजेको कर्णालीका लागि विपिन शर्माले ३, जिशान मक्सुदले २ तथा नन्दन यादव, र कप्तान सोमपाल कामीले १–१ विकेट लिए ।



