शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्स विजयी

एक्सप्रेस पाना
मंसिर २१, २०८१ शुक्रबार
  • 763
    SHARES
  • एनपीएल:चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्स विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । 

    images

    शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै  कर्णालीले  जित निकालेको हो ।  

    पहिलो दुई खेलमा पराजित भएको कर्णालीको यो पहिलो जित हो भने लगातार दुई खेल जितेको चितवनको यो पहिलो हार हो ।

    images

    चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । कर्णालीका लागि ओपनर शिखर धवनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाए । 

    त्यस अघि चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको हो । चितवनका लागि रवि बोपाराले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, बनाउँदा  विपिन रावलले ११ रन जोडे । शरद भेषावकर ६ रनमा अविजित रहे ।

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # :चितवन राइनोज