काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जलाई १७१ रनको लक्ष्य दिएको छ ।
शुक्रबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए भने टम मुर्सले ४५ रन बनाए । सन्दीप जोराले १८ रन जोडे ।
पोखरा एभेन्जर्सका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलेले १ विकेट लिए ।
लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ससँग हारेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुवाती दुवै खेल गुमाएको छ । दुबै टिम आज जितको खोजीमा मैदानमा उत्रिएका छन् ।



