काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको दोस्रो खेलमा लुम्बिनी लायन्समाथी पोखरा एभेन्जर्सले शानदार जित निकालेको छ ।
शुक्रबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो ।
एनपीएलमा पोखराको यो पहिलो जित हो भने लुम्बिनी लायन्सको लगातार दोस्रो हार हो । १७१ रनको लक्ष्य पछाएको पोखराले १६.५ ओभरमा पूरा गर्यो । पोखराका लागि एन्ड्रिज गौसले १२ चौका र ५ छक्का प्रहार गर्दै १०४ रन बनाए भने दिपेश खरेलले ६१ रन जोडे ।
त्यसअघी टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए भने टम मुर्सले ४५ रन बनाए । सन्दीप जोराले १८ रन जोडे ।
पोखरा एभेन्जर्सका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलेले १ विकेट लिए ।



