शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एक्सप्रेस पाना
मंसिर २१, २०८१ शुक्रबार
  • 270
    SHARES
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    images

    कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर २४ गते(सोमबार) बिहान ९ बजे देउवा निजी निवास, बुढानीलकण्ठमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । 

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

    images

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतको विषयमा छलफल हुनेछ ।

    Mansir 21, CWC CEC Meeting to be held on 2081.08.24.jpg

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # केन्द्रीय कार्यसम्पादन