काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् ।
आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै भने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान ९ः१५ बजे सुरू हुनेछ । जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो ।
दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार बेहोरेको छ । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ ।
त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दै छन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ ।
जारी तीन खेल खेलेको कर्णाली याक्सले दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ ।



