शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

एक्सप्रेस पाना
मंसिर २२, २०८१ शनिबार
  • 257
    SHARES
  • एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । 

    images

    शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो । लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।

    सुदूरपश्चिमको घातक बलिङसामू लुम्बिनीको जवाफी ब्याटिङ चल्न सकेन ।

    images

    सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनायो ।

    लुम्बिनीका लागि विवेक यादवले विस्फोटक ब्याटिङ गर्दै ५२ बलमा ७७ रन जोडे । 

    सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए । पहिलो ओभरको पहिलो बलमा अर्जुन साउद शून्य र अन्तिम बलमा उन्मुक्त चन्द ४ रनमा आउट भएका थिए । लुम्बिनी लायन्सका लागि ब्राण्डन म्याकमुलनले ३ तथा स्कट कुग्गेलिजनले २ र अविनाश बोहराले १ विकेट लिए ।

    यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।

    सुदूरपश्चिमका लागि ओपनरका सैफ जैबले सर्वाधिक ९० रनको योगदान गरे । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो ।कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । 
    लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # एनपिएल