काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
जनकपुरले लगातार तिन जित निकालेको छ भने लगातार खाएको लुम्बिनीले तीन हार व्यहोरेको छ ।
जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ। लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ।



