शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई म्याद थपको लागि कास्की अदालतमा उपस्थित गराइयो

एक्सप्रेस पाना
मंसिर २३, २०८१ आइतबार
  • 287
    SHARES
  • रवि लामिछानेलाई म्याद थपको लागि कास्की अदालतमा उपस्थित गराइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । 

    images

    सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई पुनः म्याद थपको लागि आइतबार अदालतमा उपस्थित गराइएको हो । लामिछानेमाथि थप अनुसन्धान गर्न दिएको म्याद सकिएसँगै आज छैटौं पटक म्याद थपको लागि अदालतमा उपस्थित गराइएको हो ।

    लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो । 

    images

    लामिछानेमाथी विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप छ । 

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # रास्वपा
  • # म्याद थप