काठमाडौं । नेपाल प्रियिमर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभर खेलेर ९ विकेट गुमाउँदै १३६ रन बनाएको हो ।
जनकपुरका लागि अनिल साहलृे ३९ बलमा ४५ रन बनाए भने शुभ कंसकारले २२ रनमा अविजित रहे । आसिफ शेखले १६ रन बनाए्र आउट भए ।
लुम्बिनीका लागि अभिषेक गौतमले ३, साद बिन जफर र रोहित कुमार पौडेलले २–२ तथा सन्दीप जोराले १ विकेट लिए ।



