काठमाडौं । नेपाल प्रियिमर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई हराएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा लुम्बिनी लायन्सलाई २ रनले पराजित गर्दै जनकपुरले लगातार चौथो जित निकालेको हो ।
१३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनायो ।
१३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए भने टम मोरिसले ३१ रन जोडे । ओपनर अजुर्न साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।
जनकपुरका लागि हर्ष थाकेरले ५ विकेट लिए ।
त्यस अघी टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।
जनकपुरका लागि अनिल साहलृे ३९ बलमा ४५ रन बनाए भने शुभ कंसकारले २२ रनमा अविजित रहे । आसिफ शेखले १६ रन बनाए आउट भए ।
लुम्बिनीका लागि अभिषेक गौतमले ३, साद बिन जफर र रोहित कुमार पौडेलले २–२ तथा सन्दीप जोराले १ विकेट लिए ।



