काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो खेलमा चितवनले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो ।
दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले सुरुवाती तीनवटै खेल जितेर शानदार सुरुवात गरेको छ भने चितवनले पनि तीनमध्ये दुई खेल जितेको छ ।



