शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेको मानवअधिकार हनन् भएको भन्दै रास्वपाले दियो उजुरी

एक्सप्रेस पाना
मंसिर २३, २०८१ आइतबार
  • 250
    SHARES
  • रवि लामिछानेको मानवअधिकार हनन् भएको भन्दै रास्वपाले दियो उजुरी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन् भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

    images

    लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नुका साथै उनको व्यक्तिगत मानवअधिकार हनन् गरेको भन्दै रास्वपाले मानवअधिकार आयोगमा उजुरी दिएको हो ।  

    राज्य संयन्त्रले नियोजित रूपमा लामिछानेलाई अपराधीका रूपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेकोसमेत रास्वपाले उजुरीमा उल्लेख गरेको छ ।

    images

    रास्वपाले लामिछानेको जीउ ज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न मानवअधिकार आयोगको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी व्यक्ति तथा संघसंस्था समक्ष अपिल गरेको छ ।  

    1_UxOFphvYab.jpg

     

    manabadhikar-aayog-rsp-ujuri-2-1461x2048-1-548x768.jpg

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # रास्वपा