काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो ।
चितवनका लागि ओपनर हसन इसाखिलले ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे । रवि बोपाराले ३६ रन बनाए ।
सुदूरपश्चिमका स्कट कुग्गेलिजनले दुई तथा ब्राण्डन म्याकमुलन र सैफ जैबले १ १ विकेट लिए ।



