शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

एक्सप्रेस पाना
मंसिर २३, २०८१ आइतबार
  • 251
    SHARES
  • रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

    images

    आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

    गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पुर्व उपप्रधान तथा गृह मन्त्री लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । 

    images

    लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो । 

    लामिछानेमाथी विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप छ । 

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # रास्वपा