शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति

एक्सप्रेस पाना
मंसिर २३, २०८१ आइतबार
  • 520
    SHARES
  • दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति


    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।

    images

    प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुछ आइतबार ३ दिन म्याद थप भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिएका हुन् ।

    भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    images

    अहिले साइबर ब्यूरोले भने प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं
  • # म्याद थप