शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स पराजित

एक्सप्रेस पाना
मंसिर २३, २०८१ आइतबार
  • 411
    SHARES
  • एनपीएल:चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई हराउँदै जित निकालेको छ। 

    images

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको हो ।

    एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो भने चितवनको लगातार तेस्रो जित हो । 

    images

    चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा अलआउट हुँदै १३१ रन बनायो । सुदूरपश्चिमका लागि इशान पाण्डेले ३५ रन बनाए  । 

    चितवनका लागि कुशल मल्ल, जान लोफ्टी इटन, अमर रौतेलाले २–२ तथा रिजन ढकालले १ विकेट लिए ।

    टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा  ५ विकेट गुमाउँदै १६४ रन बनाएको  थियो ।

    चितवनका लागि ओपनर हसन इसाखिलले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे । रवि बोपाराले ३६ रन बनाए ।

  • सम्बन्धित विषय:

  • # एनपीएल)