शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएलमा आज कुनै पनि खेल नहुने,भोलि दुई वटा

एक्सप्रेस पाना
मंसिर २४, २०८१ सोमबार
  • 362
    SHARES
  • एनपीएलमा आज कुनै पनि खेल नहुने,भोलि दुई वटा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेल राखिएको छैन। 

    images

    नेपाल क्रिकेट एसोसिएसन (क्यान)का अनुसार आजलाई ब्रेक दिइएको हो । 

    मंगलबार भने दुई खेल हुँदैछन्। मंगलबार बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्। भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन्। 

    images

    चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनी जितबिहीन हुँदा खाता खोल्न सकेको छैन।
    त्यसैगरी चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ।

  • सम्बन्धित विषय:

  • # एनपीएल