काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लैजाने पोखरा विमानस्थल पुर्याइएको छ। ।
कास्की जिल्ला प्रहरीले उनलाई पर्सा लैजानका लागि विमानस्थल लगेको हो । सहकारी ठगी प्रकरणमा अनुसनधानको क्रममा रहेका लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान लागेको हो ।
काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि कास्की, रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ ।



