असोज २१ काठमाडौ । माल्दिभ्समा जारी १३औं साफ च्याम्पियनसिपमा सर्वाधिक सफल टोली भारत आफ्नो दोस्रो खेलमा श्रीलंका सँग बराबरीमा रोकिएको छ ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा दुवै टोलीले गोल गर्न सकेनन् । खेलमा बल पोसेसनमा पकड जमाएपनि भारतले श्रीलंकाविरुद्ध गोल गर्न सकेन ।
भारतको यो लगातार दोस्रो बराबरी हो । भारतले आफ्नो पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो । उक्त बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ ।
श्रीलङ्काले भने तीन खेलमा एक अंक जोडेको छ । यसअघि श्रीलंकाले नेपालसँग ३-२ र बंगलादेशसँग १-० गोलको हार बेहाेरेको थियो ।


