शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएलमा आज दुई खेल:पहिलो खेल चितवन राइनोज र लुम्बिनी लायन्सबिच हुदैँ

एक्सप्रेस पाना
मंसिर २५, २०८१ मंगलबार
  • 271
    SHARES
  • एनपीएलमा आज दुई खेल:पहिलो खेल चितवन राइनोज र लुम्बिनी लायन्सबिच हुदैँ

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (मंगलबार) दुई खेल हुँदैछन् ।

    images

    मंंगलबार कीर्तिपुरको त्रिवि मैदानमा हुने पहिलो खेलमा  चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् भने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।
    पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ । 

    चितवन ३ जित र १ हारसहित ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ । आज लुम्बिनीलाई हराएर प्लेअफमा जाने सम्भावनालाई मजबुत बनाउन चाहन्छ । 

    images

    यता राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्स भने कुनै अंक जोड्न सकेको छैन । लुम्बिनी पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल छ ।
    आज लुम्बिनीले आजको खेल जितेमा प्लेअफमा जाने झिनो आशा बाँकी रहनेछ । पराजित भएमा २ खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिनेछ ।

    त्यीतै दिउँसो १ बजेबाट सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ । चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ।

    469687565_896722139251965_5417737673366385844_n.jpg

     

  • सम्बन्धित विषय:

  • # एनपीएल