शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:टस जितेर पहिले बलिङ गर्दै चितवन राइनोज

एक्सप्रेस पाना
मंसिर २५, २०८१ मंगलबार
  • 329
    SHARES
  • एनपीएल:टस जितेर पहिले बलिङ गर्दै चितवन राइनोज

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज हुने पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ । 

    images

    मंंगलबार कीर्तिपुरको त्रिवि मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवनले टस जितेर पहिले बलिङ गर्ने भएको हो ।  

    चितवन ३ जित र १ हारसहित ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ । आज लुम्बिनीलाई हराएर प्लेअफमा जाने सम्भावनालाई मजबुत बनाउन चाहन्छ । 

    images

    लुम्बिनी लायन्स भने कुनै अंक जोड्न सकेको छैन । लुम्बिनीले आजको खेल जितेमा प्लेअफमा जाने झिनो आशा बाँकी रहनेछ । पराजित भएमा २ खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिनेछ ।

  • सम्बन्धित विषय:

  • # लुम्बिनी लायन्स
  • # चितवन राइनोज