कामठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।
मंंगलबार कीर्तिपुरको त्रिवि मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ५१ बलमा ८१ रन बनाए ।
साद बिन जफरले ५२ रन बनाए भने अर्जुन साउदले १५ रन बनाउँदा आशुतोष घिरैया १ र उन्मुक्त चन्द शून्यमा आउट भए ।
चितवनका लागि रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जित कुमारले १–१ विकेट लिए ।



