काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।



