काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले आफ्नो पहिलो जित निकालेको छ ।
मंंगलबार कीर्तिपुरको त्रिवि मैदानमा भएको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनीले जित निकालेको हो ।
१६८ रनको लक्ष्य पछाएको चितवन राइनोजले २० ओेभरमा ८ विकेट गुमाउँदै १३४ रन बनायो ।
चितवनका लागि कप्तान कुशल मल्लले २० बनाए भने लुक बेन्केनस्टाइनले ३१ रन बनाए ।
लुम्बिनीका लागि रोहितले ४, रामोन सिमन्ड्सले २ तथा अभिषेश गौतम र साद विन जफरले एक/एक विकेट लिए ।
त्यस अघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ५१ बलमा ८१ रन बनाए । साद बिन जफरले ५२ रन बनाए भने अर्जुन साउदले १५ रन बनाउँदा आशुतोष घिरैया १ र उन्मुक्त चन्द शून्यमा आउट भए ।
चितवनका लागि रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जित कुमारले १–१ विकेट लिए ।



