काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रवि लामिछानेका समर्थक तथा रास्वपाका कार्यकर्ताले पर्सामा विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका समर्थकहरूले पर्साको वीरजन्गमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले राजनीतिक प्रतिशोध विरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध ¥याली समेत निकालेका छन् । प्रदर्शनमा सहभागीहरूले प्रतिशोध बन्द गर’ ‘रवि लामिछानेलाई न्याय दे, जनता झुक्काउन पाइँदैन, राजनीति लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार नै पर्सा लगिएको थियो ।



