काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ ।
मंंगलबार कीर्तिपुरको त्रिवि मैदानमा जारी दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १६.३ ओभरमा अल आउट हुँदै १०३ रनमा समेटियो ।
पोखरालाई सस्तैमा समेट्न विलियम बोसिस्टोले घातक बलिङ गरे । कर्णालीका लागि बोसिस्टोले ६ विकेट लिए ।
पोखराका लागि दिनेश खरेल २६ जोड्दा एन्ड्रिज गौसले २५ रन बनाए ।
कर्णालीका लागि घातक बलिङ गरेका विलियम बोसिस्टोले ३१ रन खर्चेर ६ विकेट लिए । सोमपाल कामी, यूनिस ठाकुर र विपिन शर्माले १–१ विकेट लिए ।



