शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:पोखरा एभेन्जर्समाथी कर्णाली याक्सको शानदार जित

एक्सप्रेस पाना
मंसिर २५, २०८१ मंगलबार
  • 651
    SHARES
  • एनपीएल:पोखरा एभेन्जर्समाथी कर्णाली याक्सको शानदार जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्समाथी कर्णाली याक्सले शानदार जित निकालेको छ । 

    images

    मंंगलबार कीर्तिपुरको त्रिवि मैदानमा भएको दोस्रो खेलमा कर्णालीले पोखरालाई ७ विकेटले पराजित गरेको हो । 

    १०४ रनको सामान्य लक्ष्य पछाएको कर्णालीले १५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

    images

    कर्णालीको यो तेस्रो जित हो ।  कर्णालीका लागि च्याडविक वाल्टनले ४२ रन बनाए भने गुल्शन झा ४९ रनमा अविजित रहे ।

    पोखराका लागि विपिन खत्री, च्याडविक वाल्टन र कुशल भूर्तेलले १–१ विकेट लिए ।

    त्यसअघी टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १६.३ ओभरमा अल आउट हुँदै १०३ रनमा समेटियो ।

    पोखरालाई सस्तैमा समेट्न विलियम बोसिस्टोले घातक बलिङ गरे । कर्णालीका लागि बोसिस्टोले ६ विकेट लिए ।

    पोखराका लागि दिनेश खरेल २६ जोड्दा एन्ड्रिज गौसले २५ रन बनाए । 

    कर्णालीका लागि घातक बलिङ गरेका विलियम बोसिस्टोले ३१ रन खर्चेर ६ विकेट लिए । सोमपाल कामी, यूनिस ठाकुर र विपिन शर्माले १–१ विकेट लिए । 

     

     

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स
  • # कर्णाली याक्स