काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् भने दोस्रो खेलमा काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।
बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ । जनकपुर बोल्ट्स आफ्ना चार वटै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा छ ।
यसैगरी चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जीत तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ ।
त्यसैगरी दोस्रो खेल १ बजे सुरु हुनेछ । तीन खेल खेलेको काठमाण्डौले एउटा खेल जितेको छ भने दुई वटा हारेको छ । लुम्बिनीले पाँच वटा खेल खेलेकामा एउटा मात्र जितेको छ ।



