काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ ।
बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३३ रन बनाए भनेसैफ जैबले २१ र ईशान पाण्डेले १७ रन जोडे ।
जनकपुरका लागि किशोर महतोले ४ विकेट लिए भने शेर मल्ल,र अरनिको यादवले २–२ तथा हर्ष थाकेरले १ विकेट लिए ।



