शुक्रबार, भाद्र २६ गते २०८३
images

एमालेका २२ जना सांसद २४ घण्टे स्पष्टीकरणमा 

एक्सप्रेस पाना
श्रावण ४, २०७८ सोमबार
  • 390
    SHARES
  • एमालेका २२ जना सांसद २४ घण्टे स्पष्टीकरणमा 

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।  सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए । 

    images

    बैठकले एमाले एकता कार्यदलमार्फत गरिएको १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । २०७४ जेठ २ अघिको संरचना अनुसार बसेको १० औँ केन्द्रीय कमिटी बैठकमा  वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षका केही नेता भने उपस्थित भएनन् ।

    सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरूले पार्टी अनुशासन उलङ्घन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेस भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिने निर्णय भएको हो । 

    images