काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डौ गुर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने दोस्रो खेलमा काठमाण्डौले लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
तीन खेल खेलेको काठमाण्डौले एउटा खेल जितेको छ भने दुई वटा हारेको छ । लुम्बिनीले पाँच वटा खेल खेलेकामा एउटा मात्र जितेको छ ।



