मंगलबार, श्रावण १२ गते २०८३
images
images

रामचन्द्र काफ्लेको ओई सुवा सार्वजनिक

एक्सप्रेस पाना
मंसिर २६, २०८१ बुधबार
  • 549
    SHARES
  • रामचन्द्र काफ्लेको ओई सुवा सार्वजनिक

    काठमाडौं । चर्चित गायक रामचन्द्र काफ्लेको अनु चौधरीसँगको नयाँ गीत “ओई सुवा, ओई बाज” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

    images

    धनगढि महोत्सवमा एक कार्यक्रम माझ सार्वजनिक गरिएको उक्त गीतका गीतकार मंगल जयगडि रहेका छन् भने यसका संगीतकार राजेश कैदि रहेका छन् । यस गीतमा संगीत ब्यवस्थापन (एरेन्ज) संगीतकार शिशीर साधकले गरेका छन् तथा म्यूजीक भिडीयो मा पाश्र्व संगीत कीरण तुलाधरले दिएका छन् ।

    मिलन शंकरद्वारा छायांकित म्यूजीक भिडीयोको सम्पादन नहकुल खड्काले गरेका छन् । वरिष्ठ निर्देशक विभोर पोखरेल द्वारा निर्देशीत यस गीतको म्यूजिक भिडीयोमा वरिष्ठ कलाकार सुनिल थापाका साथै रीमा विश्वकर्मा, बिवेक पौडेल, निकेन महर्जन तथा नवोदित चरित्र अभिनेता मीरेश अधिकारीको उत्कृष्ठ अभिनय सामाजीक सन्जाल यूट्युबमा हेर्न सकिन्छ । 

    images

    गत मंसिर २४ गते सार्वजनिक गरिएको उक्त भिडीयो उत्साहजनक भ्यूज आईरहेको कुरा गायक रामचन्द्र काफ्लेले बताएका छन् ।

     

     

  • सम्बन्धित विषय:

  • # रामचन्द्र काफ्ले
  • # ओई सुवा