काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले दोस्रो जित निकालेको छ ।
बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको दोस्रो खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको हो । १०४ रनको लक्ष्य पछाएको लुम्बिनी १९.२ ओभरमा अलआउट हुँदै ८५ रनमा सिमित भयो ।
लुम्बिनीका सन्दीप जोराले २६ बनाए भने उन्मुक्त चन्दले १४ रन जोडे। अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।
काठमाडौंका लागि कप्तान करण केसीले ४ तथा दीपेश कँडेलले ३ र गेर्हार्ड इरास्मसले २ विकेट लिए ।
त्यसअघी टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले १९.२ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको थियो ।
काठमाडौंका लागि भीम सार्कीले ३१ रन बनाउँदा डेन डउथवेटले २१ रन जोडे भने स्टीफन एस्किनाजीले १३ रन बनाए ।
लुम्बिनीका लागि साद बिन जफर र अभिषेश गौतमले २–२ तथा सूर्य तामाङ, विवेक तामाङ र रामोन सिमन्ड्सले १–१ विकेट लिए ।



