शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई उच्च रक्तचाप

एक्सप्रेस पाना
मंसिर २६, २०८१ बुधबार
  • 348
    SHARES
  • रवि लामिछानेलाई उच्च रक्तचाप

    काठमाडौं । सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च रक्तचाप देखिएको छ । 

    images

    बुधबार पर्साबाट काठमाडौं हुँदै पोखरा विमानस्थल ल्याएपछि स्वास्थ्य परीक्षण गर्दा उनलाई रक्तचाप बढेको देखिएको हो । 

    लामिछानेलाई रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको हो । फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भने पनि लामिछाने भने हिरासतमा नै फर्किएका छन् ।

    images

    उनीमाथि आइतबार थपिएको म्याद बुधबार सकिएको छ । बिहीबार पुनः उनलाई म्याद थपका लागि अदालत लगिनेछ । 

    २ कात्तिकमा काठमाडौंको वनस्थलीस्थित आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका रविलाई त्यहाँबाट सिधै गाडीबाट पोखरा पुर्याइएको थियो ।  

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # रास्वपा
  • # उच्च रक्तचाप