काठमाडौं । आजको राशिफल बि.सं.२०८१ मंसिर २७ गते बिहीबार ई.सं.२०२४ डिसेम्बर १२ नेपाल सम्बत ११४५ थिंलाथ्व द्वादशी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल द्वादशी, चन्द्रमा मेष राशिमा, अश्वनी नक्षत्र, परिधि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः ४४ बजे, सूर्यास्त साँझ ०५ः १० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूको आज रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो भेटघाट तथा स्वादिष्ट भोजनको योग बनेको छ । विगतको श्रमको सफलताले थप काम गर्न उत्साह मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। समग्रमा दिन शुभ रहेको छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि भएकाहरूका लागि आज समय मध्यम रहनेछ । अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ। पेसा–व्यवसायमा विशेष लाभ हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ। साझेदारीबाट लाभ मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कर्कट राशिका लागि आज पनि समय मध्यम खालको छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सिंह राशि भएकाहरूका लागि आज काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। उपभोग्य भौतिक वस्तु किनमेल गर्ने समय छ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि आज सुखद समाचारले उत्साह जगाउनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशि भएकाहरूका लागि आज बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि आज समय शुभ छ । मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि भएकाहरूका लागि आज सामान्य छ । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । सहयोगीहरूको काममा साथ नमिल्न सक्छ । अनावश्यक काममा खर्च हुन सक्ने भएकाले सतर्क रहनु होला ।



