काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुदैँछ ।
बिहिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ । भने दोस्रो खेलमा काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच हुनेछ । पहिलो खेल विहान ९ः१५ बजे सुरु हुनेछ।
विराटनगरले अहिले सम्म चार खेलमा एक खेल जितेको छ भने तिन खेल हारेको छ । त्यसैगरी पोखराले पनि चार खेलमा एक खेल जितेको छ । आज दुबै टिम जितको खोजिमा हुनेछन् ।
कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स भने बाहिरिसकेको छ । बुधवार काठमाडौं गुर्खाजसंग भएको खेलमा पराजित भएसंगै लुम्बिनी लायन्स बाहिरिएको हो ।
प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।



