काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भउको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।
विराटनगरका लागि स्कट एडवार्डले ४५ रन बनाए भने लोकेश बामले २६, निकोलस कितर्नले १९ र बसिर अहमदले अविजित २१ रन जोडे ।
पोखराका लागि सागर ढकालले र रेमन रेफर २–२ तथा कुशल भूर्तेल र दिनेश खरेलले १–१ विकेट लिए ।



