एजेन्सी । युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमविरुद्ध पुनरागमन जित निकालेको छ । बिहीबार राति इटालीको टुरिन भएको खेलमा कुनै समय २-० गोलले पछि परेको स्थितिलाई उल्टाउदै फ्रान्सले ३-२ गोल अन्तरको जित निकाल्न सफल भएको हो ।
फ्रान्सको जितमा करिम बेन्जेमा, केलियम एम्बाप्पे र थियो हर्नाण्डेजले १/१ गोल गरे । बेल्जियमका लागि यान्निक कारास्को र रोमेलु लुकाकुले १/१ गोल गरे ।
खेलको ३७ मिनेटमा यान्निक र ४० मिनेटमा लुकाकुले गोल गर्दै पहिलो हाफमा बेल्जियमलाई २-० ले अग्रता दिलाए । दोस्रो हाफमा फ्रान्सले एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पुनरागमन जित निकाल्यो । एम्बाप्पेले १ गोल र १ पास मिलाए ।
एम्बाप्पेको पासमा बेन्जेमाले ६२, एम्बाप्पेले ६९ र थियोले ९० मिनेटमा गोल गरेका थिए । उक्त जितसँगै उपाधिका लागि फ्रान्सले स्पेनसँग खेल्नेछ ।


