शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:विराटनगरलाई सुपर ओभरमा पराजित गर्दै पोखरा एभेन्जर्स विजयी

एक्सप्रेस पाना
मंसिर २७, २०८१ बिहीबार
  • 284
    SHARES
  • एनपीएल:विराटनगरलाई सुपर ओभरमा पराजित गर्दै पोखरा एभेन्जर्स विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ । 

    images

    बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १८ रन बनाएको थियो। उक्त लक्ष्य पछ्याएको विराटनगर किङ्सले ६ बलमा ५ रन मात्रै बनाएको हो । 

    विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

    images

    यसअघि विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

    आजको हार संगै विराटनगर एनपीएलको प्लेअफबाट बाहिरिएको छ ।

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स