शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

एक्सप्रेस पाना
मंसिर २७, २०८१ बिहीबार
  • 281
    SHARES
  • रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार कास्की जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको हो । 

    images

    यसअघि छैटौँपटक थपिएको म्याद बुधबार सकिएको थियो । बिहीबार सातौँपटक म्याद थपका लागि उनलाई अदालतमा पे‍स गरिएको हो ।

    रविसहित छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई पनि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    images

    गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पुर्व उपप्रधान तथा गृह मन्त्री लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । 

    लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो । बुधबार मात्र रविलाई पर्सामा बयान सकेर काठमाडौं हुँदै पोखरा लगिएको थियो । 

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # रास्वपा