शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल:काठमाडौं गुर्खाजमाथी जनकपुरको शानदार जित

एक्सप्रेस पाना
मंसिर २७, २०८१ बिहीबार
  • 374
    SHARES
  • एनपिएल:काठमाडौं गुर्खाजमाथी जनकपुरको शानदार जित

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स विजयी भएको छ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । 

    images

    बिहिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको दोस्रो खेलमा  टस हारेर १०२ रनको लक्ष्य पछाएको जनकपुरले १५.५ ओभरमा १०४ रन बनाएको हो । 

    जनकपुरका लागि जेम्स निशामले २७ बनाउँदा  हर्ष ठाकेरले २५ रन जोडे । कप्तान अनिल साह ११ रन बनाए भने लाहिरु मिलान्था १६ को योगदान गरे । 

    images

    काठमाडौंका लागि करण केसीले २ तथा साहब आलम र दीपेश कंडेलले १–१ विकेट लिए ।

    त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । 

    काठमान्डौंका लागि गेर्हार्ड इरास्मसले २० जोडे भने कप्तान करण केसीले १९ रन बनाउँदा स्टिफन एस्किनाजीले १७ रन बनाए । 

    जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले ३ तथा मोहम्मद मोहसिनले २ र अरनिको यादवले १ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # काठमाडौं गुर्खाज
  • # जनकपुर बोल्ट्स