शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

एक्सप्रेस पाना
मंसिर २७, २०८१ बिहीबार
  • 358
    SHARES
  • दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    images

    बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    प्रसाईंलार्ई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं
  • # रिहा