काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिले खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिलो बलिङ गर्ने भएको छ ।
शुक्रबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्सविरुद्ध लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
यस अघिका ६ खेलमा हार ब्यहोरेको लुम्बिनी ‘प्लेअफ’ पुग्न नपाएर बाहिरिइसकेको छ । त्यसैले लुम्बिनीका लागि लिगको अन्तिम खेल हुनेछ । यसअघि ५ खेल खेलेको कर्णाली याक्सले ३ खेलमा जित हात पारिसकेको छ । ६ अंकसहित कर्णाली पाँचौं स्थानमा छ ।



