काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको हो ।
कर्णालीका लागि विलियम बोसिस्टोले ४४ रन बनाए भने अर्जुन घर्तीले २५ रन जोडे । बाबर हायातले २० रन बनाउदाँ च्याडविक वाल्टनले १३ रन बनाए ।
लुम्बिनीका विकास आग्रीले ३, तिलक भण्डारी २ तथा रामोन सिमन्ड्स, साद बिन जफर र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।



